कात्तिक २३, चितवन। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको उक्त सडकखण्डमा दुईतर्फी यातायात अवरुद्ध भएको हो ।
पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अहिले पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो हटाएर सडक खुलाउन समय लाग्ने भएकाले बिहान १० बजेपछि मात्र यातायात सञ्चालन हुन सक्ने सम्भावना छ ।
