• २०८३ कार्तिक २१ गते शुक्रवार

तिहार, नेपाल संवत् र छठको अवसरमा जसपा नेपालको शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २०, काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेको छ। पार्टीले शुक्रबार शुभकामना सन्देश जारी गर्दै हिन्दु धर्मावलम्बीहरूको महान् सांस्कृतिक एवं धार्मिक पर्व शुभदीपावली (तिहार), नेपाल संवत् ११४७ को न्हुदँया भिंतुना तथा छठ पर्वका अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेको हो।

शुभकामना सन्देशमा यी पर्वले आपसी सद्भाव, सामाजिक एकता, सहिष्णुता, बन्धुत्व र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। पार्टीले समाजमा विद्यमान अन्याय, असमानता र विभेदको अन्त्यका लागि न्याय, समानता र रूपान्तरणको चेतना प्रवाह गर्न पनि पर्वहरूले प्रेरणा दिने अपेक्षा गरेको छ।

धार्मिक आस्था र परम्पराको निरन्तरतामा मात्र सीमित नरही यी पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव, पारस्परिक सम्मान र समतामूलक समाज निर्माणका प्रेरणास्रोत बन्न सकून् भन्ने शुभेच्छासमेत व्यक्त गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस