- निर्मला बिक
पीडा धेरै छ मुटुमा
यो आखामा भन्दा
जिन्दगी संघर्ष कति गरौ मित्र हरु
फरक देखिन्छ मेरो जिन्दगी गधा भन्दा
समय संग ठोक्किएर भत्किदा जिन्दगी
भित्र लाग्दैन नदिका दुई किनारा भन्दा
आफ्ना ले आफ्नो खुट्टा तान्ने रहे छन
के नै ठूलो होला र यो भित्र भन्दा
फुटेको ऐना बरु सुन्दर लाग्न्न थाले
क्षत बिक्षत भएको यो मेरो ह्रदय भन्दा
पीडा धेरै छ मुटुमा यो आखामा भन्दा