• २०८३ बैशाख ११ गते शुक्रवार

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकियो, मन्त्रिमण्डल हेरफेर नहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १९ , काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सकिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिएका छन् ।

प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ । यस्तै बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको छ । खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने बताएका छन् । यस्तै मन्त्रिपरिषद् बैठकमा ओलीले हालसम्मको सहयोगका लागि खतिवडालाई धन्यवाद समेत दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस