कात्तिक १५, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान बालेन्द्र शाह बालेन नेतृत्वको सरकार ‘रुल अफ ल’ नभई ‘रुल बाई ल’ अनुसार चलेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठकपछि विशेष सम्बोधनका क्रममा थापाले सरकार र सत्तारुढ रास्वपाका विषयमा व्याख्या गर्दै राज्य सही ढंगले नचलेको बताएका हुन् । उनले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै कडा आलोचना गरे ।

सभापति थापाले पछिल्लो समय सरकार मिडिया र पत्रकार मात्र होइन, राज्यकै प्रमुख निकायका प्रमुखलाई पनि जतिबेला मन लाग्यो त्यतिबेला उठाउने लहड चलेको बताए । केटाहरूलाई यसो झो’क चल्यो र प’क्राउ गरिदिऊँ भन्ने लाग्यो, पत्रकारलाई पक्राउ गरिहाले । प’क्राउपछि फेसबुकतिर ‘लाइक’ घट्न थालेपछि छोडिदिऊँ-छोडिदिऊँ भन्ने लाग्यो अनि पत्रकार छुटे,’ थापाले भने ।
कहिले मिडिया र नेताको घरअगाडि गाडी तेर्साउने, पत्रकारलाई समाचार कक्षबाटै उठाउने, संवैधानिक अंगका पदाधिकारी र अधिकृतलाई उठाएर आठ दश घन्टासम्म प्रधानमन्त्री कार्यालयमा लगेर केरकार गर्नेलगायतका काम हुँदा पनि रास्वपाले यसबारेमा टिप्पणी र विज्ञप्ति निकाल्नेबाहेक कुनै काम नगरेको बताए ।
रास्वपाले सरकारले गरेका राम्रा कामको अपनत्व लिने, तर गलत कार्य गर्दा कुनै जिम्मेवारी नलिने, स्वामित्व नलिने, प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन नचाहने गरेको थापाको भनाइ छ ।