• २०८३ बैशाख २४ गते बिहिवार

अजिता भुजेल काण्ड : सहमतिमा यौन सम्पर्क कुरा नमिल्दा हत्या

पढ्न लाग्ने समय : १ मिनेट

माघ २१, मकवानपुर । अजिता भुजेलको हत्यामा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ । उनको गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा भेटिएकी थिईन ।

पक्राउ पर्नेहरुमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा रहेका छन् ।

मृत अवस्थामा फेला परेकी अजिताको प्रहरीले अनुसन्धान सुरु गरेको १५ औं दिनमा हत्यामा संलग्न पाँच जनालाई  पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरका अनुसार सहमतिमा यौन सम्पर्क र पछि पैसा दिने क्रममा कुरा नमिल्दा विवाद भएको र अजिताको हत्या भएको हो ।

एसपी राठौरका अनुसार सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको टकको क्याबिनमा चारैजनाले यौनसम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि अजिताको हत्या भएको हो ।

पैसामा कुरा नमिलेपछि ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर मारेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्या गरेर शव उनीहरुले ट्रकमै राखेर क्याम्पाडाँडामा लगेर फालेको प्रहरीसमक्ष बयान दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस