• २०८३ कार्तिक ११ गते मङ्गलवार

एनपीएल : चितवन राइनोजको सुखद सुरुवात, पावर प्लेमा ५० रन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले सुखद सुरुवात गरेको छ। खेलको सुरुवाती पावर प्लेमा चितवनले ५० रन जोडेको छ।

चितवनका डेभिड मेलनले २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ३९ रन जोडेका छन्। त्यस्तै, देव खनालले १० बलमा ८ रन बनाएका छन्। खेलमा चितवनले अहिलेसम्म विकेट गुमाएको छैन।

Sharing

प्रतिक्रिया दिनुहोस