• २०८३ कार्तिक ७ गते शुक्रवार

भाकल पूरा गर्न भन्दै रवि लामिछाने भारततर्फ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ६,धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित भारत प्रस्थान गरेका छन् । तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत गएको उनको सचिवालयले जनाएको छ । उनी कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत गएका हुन् ।

लामिछानेको निजी सचिवालयका अनुसार तीन दिनको भ्रमणका क्रममा उनले धनगढी मार्ग हुँदै भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ ।

शुक्रबार सुदूरपश्चिमको धनगढी हुँदै भारत प्रस्थान गरेका लामिछानेले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू कारागारमै हुँदा गरेको भाकल पूरा गर्न भ्रमणमा निस्किएको बताए ।

‘राजनीतिक भेटघाट केही छैन, कसैले खिचडी नपकाउन म अनुरोध गर्न चाहन्छु’, उनले भने । उनी कात्तिक ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Sharing

प्रतिक्रिया दिनुहोस