असोज २८, काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा दुई हजार सात सय रुपैयाँ र चाँदीको मूल्य एक सय रुपैयाँ घटेको हो। बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ८९ हजार पाँच सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ। मंगलबार प्रतितोला चार हजार ३५५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार चार हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।