असोज २५, काठमाडौं । हनुमानढोकाको दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ । घटस्थापनाको दिन आइतबार बिहान ११ बजेर ४७ मिनेटको शुभसाइतमा मंगलधुन र तोपको सलामीसहित दशैं घरमा जमरा राखिएको हो ।

आजदेखि बडादशैंको नौरथा सुरु भएको छ । जमरा राखेपछि विधिवत बडादशैं शुभारम्भ भएके मानिन्छ ।