• २०८३ जेष्ठ २५ गते सोमवार

कविता : म त सत्ताको मान्छे

जिवन शाही पढ्न लाग्ने समय : १ मिनेट

केके हुदैछ के के हुने हो
हेर्दै जानू नै त छ
यसो आखा चिम्लिएको के थिए
सरकार नै नया पो देखियो
अनि पो झसङ्ग भए
अब म क्रान्तिकारी बाट बचाउकारी बन्नुपर्ने होला
हिजो ,
म क्रान्तिकारी हुदाका बचाउकारी हरु
अब क्रान्तिकारिमा परिणत हुनेछन
चर्का चर्का लोकतान्त्रिक नाराहरु सहित
अनि हामी अब सत्ता पक्ष है
अब पेट्रोलियम देखि दैनिक उपभोग्य
सस्तो देख्नुपर्छ हाम्रा आखाले
अस्ति राती सम्मका
भोका पेट लाइ आज बाट
भरिएको देख्नु पर्छ हामिले
नाङ्गा शरीर हरु रेसमी बस्त्रले ढाकिएको
देख्नुछ हामिले
अस्ति सम्मको कमजोरी
के था
भोलि उपलब्धी पो बुझ्नु पर्छ कि
अब सिमा वैदेशिक हस्तक्षप हाम्रा लागि
आशीर्वाद मान्नुपर्छ
गाउँ समाजको गरिबी , भोकमरी र असमानता
सपना पो हो है
म त सत्ताको मान्छे सत्ताले त
सधै राम्रो मात्रै गर्छ
बस मैले त्यही मात्र त देख्नु छ ।

Sharing

प्रतिक्रिया दिनुहोस