• २०८३ असोज २२ गते बिहिवार

कांग्रेस निर्वाचन समितिले निर्वाचन व्यवस्थापनबारे सबै उम्मेदवारसँग छलफल गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, काठमाडौं ।   निर्वाचन व्यवस्थापनबारे निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान ११ः३० बजे निर्वाचन कार्यालयमा सबै उम्मेदवारसँग निर्वाचन व्यवस्थापनका विषयमा छलफल गर्न लागिएको हो।

छलफलमा निर्वाचन प्रक्रिया, व्यवस्थापन तथा उम्मेदवारका सुझावलगायत विषयमा कुराकानी हुने जनाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस