• २०८३ असोज २० गते मङ्गलवार

आलिताल गाउँपालिकाद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र

लोकराज जोशी पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, डडेल्धुरा । आलिताल गाउँपालिकाले आलितालवासीको प्रत्यक्ष सरोकार तथा दीर्घकालीन विकाससँग जोडिएका महत्वपूर्ण सडक तथा पुल निर्माणका योजनालाई प्राथमिकताका साथ सम्बोधन गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट समक्ष ज्ञापनपत्र बुझाएको छ।

गाउँपालिकाले आलितालवासीको दीर्घकालीन विकास रणनीति अन्तर्गत निम्न महत्वपूर्ण योजनाहरूलाई प्रदेश सरकारले प्राथमिकतामा राखी कार्यान्वयन गर्न पुनः अनुरोध गरेको हो।

१. घुम्ती–आलिताल सडक तथा पुल
२. आलिताल–गान्खेत सडक तथा पुल
३. घरेलु–खिन्नेभाडी हुँदै मलास सडक
४. बुडर–नाइल सडक

ज्ञापनपत्रमार्फत गाउँपालिकाले यी योजनाहरू आलितालवासीको दैनिक जनजीवन, आवागमन, आर्थिक गतिविधि तथा समग्र विकाससँग प्रत्यक्ष जोडिएका भएकाले प्रदेश सरकारले विशेष प्राथमिकताका साथ बजेट तथा कार्यक्रममार्फत सम्बोधन गर्न आग्रह गरेको छ।

गाउँपालिकाले प्रदेश सरकारलाई “जनताको प्रत्यक्ष सरोकारका योजना सम्बोधन हुनेछन् भन्ने अपेक्षासहित पुनः अनुरोध छ, स्मरण होस्” भन्दै आलिताल क्षेत्रको दीर्घकालीन विकासका लागि आवश्यक सडक तथा पुल निर्माणमा गम्भीर पहल गर्न ध्यानाकर्षण गराएको हो।

आलितालवासीको लामो समयदेखिको आवश्यकता र मागसँग जोडिएका यी योजनाहरू कार्यान्वयन भएमा स्थानीयस्तरमा यातायात सहज हुनुका साथै कृषि, पर्यटन, व्यापार तथा अन्य आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस