• २०८३ असोज १९ गते सोमवार

चीनबाट फर्केको केही दिनपछि प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौं ।  प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन्। बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा सात दिने औपचारिक भ्रमणका लागि सिग्देल सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसी ले बिदाइ गरेका थिए। भ्रमणले सदियौंदेखि रहँदै आएको दुई देशबिचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास जंगी अड्डाले लिएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन्।

केही दिनअघि मात्रै सिग्लेल चीनको भ्रमण पूरा गरी नेपाल फर्केका थिए । कार्यकालको अन्तिम अन्तिमतिर रहेका सिग्देलले ठूला मुलुकको भ्रमण पूरा गरिसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस