माघ ११, रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्वर ५ काभ्राले आज एक कार्यक्रमका विच वडा भित्रका सम्पूर्ण विद्यालयहरुमा इ हाजिरीको उद्घाटन, कुर्चि वितरण तथा महिला हिंसा सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन अध्यक्ष घर्तीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष घर्तीले भन्नुभयो, वडा नम्वर ५ ले सामाजिक विकासमा गरेका यस्ता क्रियाकलापहरुले सकारात्मक सन्देश सँगै समाज रुपान्तरण र विकास निर्माणमा टेवा पूग्ने बताउनुभएको छ । उहाँले भन्नुभयो विद्यालयका प्रधानाध्यापक एक्लैले प्रशासन सुधार ल्याउनमा कठिनाइ हुने भएको हुँदा यस्ले पनि केहि सहज आउने बताउनुभयो । बढ्दै गइरहेको महिला हिंसा बालविवाह रोक्न सवै आ आफ्नो तप्काबाट लाग्न समेत सवैमा अनुरोध गर्नुभएको छ । अव हामि जनप्रतिनिधी तथा राष्ट्रसेवक कर्मचारीहरु विहेको निमन्त्रणा आयो भने पहिले विवाह हुन लागेका दम्पतीहरुको उमेर २० वर्ष पुरा भएको छ वा छैन यदि छैन भने हामिबाट नै बहिस्कार गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी वडा नम्वर ५ का वडा अध्यक्ष नमराज थापाले भन्नुभयो, हामि विकास चाहान्छौ तर हाम्रो दिमाग परिवर्तन गर्न सकेनौ भने विकासको अर्थ रहदैन त्यसैले हामिमा परिवर्तन ल्याउन आवश्यक रहेको र त्यसै अनुसार नै यी कार्यक्रमहरु हामिले ल्याएका छौ विद्यालयमा जडान भएका इ हाजिरीहरु व्यवस्थीत रुपले प्रयोग गर्नुभयो भने शिक्षकहरुमा एक प्रकारको भावनात्मक हुने छ, कुर्चिले प्रशासनीक क्रियाकलाप गर्नमा सहयोग पुराउने छ भने महिला हिंसा कार्यक्रमले समाजमा भएको विकृतिहरुमा परिवर्तन ल्याउछ भन्ने मलाइ लागेको छ, त्यसैले तपाइहरुको पूर्ण साथ र सहयोग रह्यो भने हामि नमुना वडा बासि बन्नलाइ कसैले रोक्न नसक्ने समेत बताउनुभयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुमाकान्त कालाथोकी, महिला बालबालिका तथा समाज कल्याण इकाइ प्रमुख भगवती बुढाले पनि आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन वडा सचिव केशव खत्रीले गर्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।