असार २१, कैलाली । वडा निर्माण को बिषयलाइ लिएर केही व्यक्तिहरुले बेमौसमी बाजा बजाइरहेको घोडाघोडी नगरपालिका वडा न ६ का वडा अध्यक्ष अध्यक्ष बिनोद बिश्वकर्माले बताएका छन । घोडाघोडी नगरपालिका वडा न ६ मा केही समय अगावै वडामा जनमतका आधारमा वडा कार्यलय बसन्तामा बनाउने निर्णय गरिएकोमा केही राजनीतिज्ञ व्यक्तिहरुले केही व्यक्तिहरुलाइ उचालेर वडा कार्यलय नबनाउन खोजेको बताएका छन।
खबर 24 नेपाल सँगको कुराकानीमा वडा अध्यक्ष विश्वकर्माले वडा कार्यलय निर्माणको बिषयलाइ लिएर करिब एक बर्षसम्म सम्मानित उच्च अदालत दिपायलमा मुद्दा दर्ता भएको बताए । उनले भने एक बर्ष पछि मुद्दा जितेसकेपछि पनि वडा सोहि ठाउमा बनाउन खोज्दा पनि केही व्यक्तिहरु आपत्ती जनाउनु कुनै औचित्य छैन ।