• २०८३ असोज १४ गते बुधवार

दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लरः भाँचियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
असोज १४, काठमाडौं । दोधारा–चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएको छ । कञ्चनपुरको महाकाली नदीमा अवस्थित उक्त पिल्लरको पुल आज बिहान भाँचिएको हो ।  भीमदत्तनगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भाँच्चिएपछि आवगमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । पुलको करिब छ मिटर भाग मर्मत गर्नुपर्ने भएको छ । आवागमन रोकिएपछि आवत जावतमा समस्या भएको छ ।
“झोलुङ्गे पुलको दोधारातर्फको पाँच/छ मिटरबीचको भागमाथि उठी आवतजावतमा समस्या भएको र उक्त झोलुङ्गे पुलको पिल्लर भाँचिन गई  बाटो अवरोध भएको छ ।”
 प्रवक्ता रावतले भन्नुभयो, “सो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन भएको छ ।” दुईदशकअघि बनेको झोलुङ्गे पुल बनेपछि दोधारा–चाँदनी भौगोलिक रुपले मुलुकको मुलधारसित जोडिएको थियो । भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले प्राविधिक टोली आएर पुलको निरीक्षण गर्ने बताउनुभयो ।
“आज बिहान पानीको बेगले पिल्लर भत्किएको थियो”, उहाँले भन्नुभयो, “पिल्लर भत्किएपछि आवागमन रोकिएको छ ।”

Sharing

प्रतिक्रिया दिनुहोस