जेठ ११, काठमाडौ । टोखा नगरपालिका वडा नम्बर २ झोर पञ्चेटारमा सडक दुर्घटना भएको छ। झोर नजिकै पञ्चेटारमा विपरित दिशाबाट आएका मोटरसाइकल जुध्दा घटनास्थलमै दुई जनाको ज्यान गएको हो।

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेमा झोरका २० वर्षीय पासाङ तामाङ र मनोज दुलाल रहेको वडा नम्बर १ का वडाअध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो। वडाअध्यक्ष अधिकारीका अनुसार अन्दाजी बिहान ५ बजेको समयमा तीब्र गतीमा रहेको बा८५प ५६६ र बा९१प ११८८ नं को मोटरसाइकल एकआपसमा जुध्दा घटना भएको हो ।
दुर्घटनामा घाइते हुनभएको मृतक मनोज दुलालको आमा मथुरा दुलाललाई उपचारार्थ ग्रीनसिटी अस्पताल लगिएको वडाअध्यक्ष अधिकारीले जानकारी दिनुभयो । अर्का एक घाइतेको भने नाम खुल्न नसकेको बताइएको छ।