• २०८३ असोज १४ गते बुधवार

चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, चितवन । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट २१ वर्षीय उमंग लोहनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । युवा पुरुष (३५ वर्षमुनि) क्लस्टरतर्फ भएको प्रतिस्पर्धामा लोहनी सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्न सफल भएका हुन् ।

उक्त पदका लागि चुनावी प्रतिस्पर्धामा ११ जना उम्मेदवारहरू आकांक्षीका रूपमा मैदानमा उत्रिएका थिए । युवा पुरुष (३५ वर्षमुनि) तर्फ लोहनीले फराकिलो मतान्तरसहित प्रभावशाली जित दर्ता गराएका छन् ।

कानुनका विद्यार्थी समेत रहेका उमंग विगत केही वर्षदेखि कानुन तथा नीति निर्माणका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

हाल उनी नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सबैभन्दा कान्छा सदस्यका रूपमा कार्यरत छन् । यसका साथै उनले नेपाली कांग्रेसको बाल अधिकार उपसमितिको संयोजकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस