• २०८३ असोज १३ गते मङ्गलवार

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौं । जापानमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएको छ ।

लगातारको बर्षापछि जापानको निसिन सहरस्थित कोरोगी खेलकुद पार्कमा हुने यो खेल रद्ध भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने श्रीलंका वरीयतामा नेपालभन्दा माथि रहेका कारण सेमिफाइनलमा पुगेको छ । अब श्रीलंकाले फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि सोमबार हुनुपर्ने दुवै क्वाटरफाइनलका खेल बर्षाले रद्ध भएपछि भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने अफगानिस्तान र हङकङ बाहिरिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस