• २०८३ असोज १२ गते सोमवार

भेरी नदीको बीचमा फसेका चार जनाको सेनाको हेलिकप्टरबाट उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२,काठमाडौं। नेपाली सेनाले जाजरकोटस्थित भेरी नदीको बीचमा फसेका चार जना स्थानीयको उद्धार गरेको छ । आइतबार जाजरकोटस्थित भेरी नदीमा अचानक पानीको बहाव बढ्दा नदीको बीचमा फसेका चार जना स्थानीयको सेनाले सकुशल उद्धार गरेको हो ।

भेरी नदीको बहाव अचानक बढेपछि चार जना नदीको बीचमा फसेका थिए । उनीहरूलाई तत्काल उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस