असोज ११, काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक संघ (ADAN) को प्रथम कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ। अधिवेशन नेपाल आयुर्वेद चिकित्सक संघका कर्णाली प्रदेश उपाध्यक्ष डा. सुदर्शन पोखरेलको अध्यक्षतामा सुर्खेतस्थित बगैचा कटेजमा सम्पन्न भएको हो।

अधिवेशनको उद्घाटन समारोहमा नेपाल आयुर्वेद चिकित्सक संघका पूर्वअध्यक्ष डा. प्रकाश ज्ञवाली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निर्देशक डा. लक्ष्मीनारायण तिवारी, स्वास्थ्य शिक्षा प्रशासक नवराज कँडेल, निवर्तमान प्रदेश उपाध्यक्ष ,कर्णाली प्रदेश डा.शंकर रीजाल बिशिष्ट अतिथिका रूपमा, अतिथि नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष श्री छविलाल खड्का लगायत आजीवन तथा साधारण सदस्यहरूको सहभागिता रहेको थियो।
अधिवेशनको उद्घाटन समारोहपछि निर्वाचन समिति संयोजक श्री नवराज कँडेलको संयोजकत्वमा सर्वसहमत नयाँ कार्यसमिति चयन गरिएको हो।
अधिवेशनबाट डा. सुदर्शन पौडेल कर्णाली प्रदेशको उपाध्यक्ष/संयोजकमा चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा डा. वर्षा पौडेल, डा. मानबहादुर कार्की, डा. शिखर पौडेल, डा. सन्तोष पौडेल र डा. रुपेश सोनाम चयन हुनुभएको छ भने सदस्य–सचिवमा डा. खेम राज तिमिल्सेना चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले कर्णाली प्रदेशमा आयुर्वेद चिकित्सा सेवाको प्रवर्द्धन, चिकित्सकहरूको पेशागत हित तथा आयुर्वेदको विकास र विस्तारका लागि आगामी दिनमा विभिन्न कार्यक्रम अघि बढाउने जनाएको छ।