• २०८३ असोज १० गते शनिवार

काठमाडौं उपत्यकामा २४ घण्टामा ६३ सवारीसाधनमाथि कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३ सवारीसाधनमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार बिहान ६ बजेसम्मको अवधिमा मादक पदार्थ सेवन (मापसे), सीसीटीभी, रेड लाइट, तीव्र गति, हर्न, लेन अनुशासन, सवारीको अवस्था तथा ‘वन वे’ लगायतका नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरिएको हो ।

कारबाहीमा तीव्र गतिका ३, हर्नसम्बन्धी १, रेड लाइट १, ‘वन वे’ १ तथा अन्य प्रकृतिका ५७ वटा छन् । ट्राफिक प्रहरीले उपत्यकामा सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक नियमको पालना गर्न चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिकसम्बन्धी आपत्कालीन सहयोगका लागि १०३ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस