• २०८३ मङ्सिर १ गते सोमवार

अफगानिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौँ । एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अफगानिस्तानको सामना गर्दैछ । यस खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङ गर्दैछ ।

पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ । यस समुहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको छ । अफगानिस्तानको एशियाली खेलकुदमा मुख्य टिम भने सहभागी भएको छैन । नेपालले दोस्रो खेल सेप्टेम्बर २६ मा जापानसँग खेल्ने तालिका छ ।

त्यस्तै समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस