• २०८३ असोज ८ गते बिहिवार

२४ घण्टामा सवारी दुर्घटनामा ७ जनाको मृत्यु, १३२ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन्। नेपाल प्रहरीको विवरणअनुसार दुर्घटनाबाट मृत्यु हुनेमा कोशी प्रदेशका ३, बागमती प्रदेशका १, काठमाडौं उपत्यकाका १, मधेश प्रदेशका १ र सुदूरपश्चिम प्रदेशका १ जना रहेका छन्।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा ३ जनाको मृत्यु र ३५ जना घाइते, मधेश प्रदेशमा १ जनाको मृत्यु र २२ जना घाइते तथा सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु र १० जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा १ जनाको मृत्यु र १० जना घाइते, बागमती प्रदेशमा १ जनाको मृत्यु र ९ जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा २३, कर्णालीमा १३ र गण्डकी प्रदेशमा १० जना घाइते भएका छन्। नेपाल प्रहरीको विवरणअनुसार मृत्यु भएका दुर्घटनाहरू सुनसरी, झापा, मोरङ, रौतहट, भक्तपुर, सिन्धुली र कञ्चनपुर जिल्लामा भएका हुन्।

May be an image of map and text

दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको छ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस