• २०८३ असोज ६ गते मङ्गलवार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६,काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन् ।

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।

प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ । उनी यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ ।

Sharing

प्रतिक्रिया दिनुहोस