• २०८३ कार्तिक २५ गते मङ्गलवार

आज हरिपरिवर्तिनी एकादशी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी परेको छ । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ ।

जसमा भगवान विष्णुले शीर सागरमा शयन गर्दा कोल्टे फेर्ने धार्मिक विश्वास रहन्छ । यस दिन निष्ठापूर्वक व्रत बस्नाले सम्पूर्ण पाप नाश भइ फल प्राप्त हुने शास्त्रीय मान्यता छ ।

एकादशीको दिन बिहानै स्नान गरी भगवान विष्णु (हृषिकेश)को पूजा, आराधना र फलाहार वा निराहार व्रत बस्ने गरिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस