• २०८३ असोज २ गते शुक्रवार

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले ५० रुपैयाँ दरको यस नोटका संकेत नम्बर २४ट ०००००१ देखि ७०ण ९९९९९९ सम्म रहने जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रङ पहिलैकै जस्तो हुनेछ। नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटको सिरिजमा विसं २०८२ उल्लेख छ।

नोटको अग्रभागमा सगरमाथाको चित्र र लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापमा ‘५०’ अंकसमेत हुनेछ। नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ जसमा ‘अंग्रेजीमा एनआरबी’ लेखिएको छ। पृष्ठभागमा हिउँचितुवाको चित्र राखिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस