• २०८३ असोज १ गते बिहिवार

नेपाल आजः पहिलो पटक कागजी नोटको निष्काषन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौँ । नेपालको इतिहासमा असोज १ गते विभिन्न राजनीतिक, प्रशासनिक तथा आर्थिक दृष्टिले महत्त्वपूर्ण घटनाहरू घटेका छन्। जसअनुसार नेपालमा पहिलाे पटक कागजी नाेटकाे निष्काषन देखी गणेशमानसिंहकाे निधनसम्म प्रमुख घटनाहरू घटेका थिए ।

नेपालमा कागजी नोटको निष्कासन (वि.सं. २००२ असोज १):
नेपालमा पहिलोपटक सदर मुलुकीखानाबाट कागजी नोट निष्कासन गरी चलनचल्तीमा ल्याइएको थियो। तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरको पालामा रु. १००, रु. १० र रु. ५ दरका नोटहरू जारी गरिएका थिए।

गणेशमान सिंहको निधन (वि.सं. २०५४ असोज १):
नेपाली राजनीतिका शिखर पुरुष, “सर्वमान्य नेता” तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको निधन वि.सं. २०५४ असोज १ गते (सन् १९९७ सेप्टेम्बर १७) मा भएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस