• २०८३ भाद्र ३१ गते बुधवार

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ ३१, काठमाडौं ।  नेपाली राष्ट्रिय महिला भलिबल टोली जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा पराजित भएको छ ।  नेपाल आज आफ्नो पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । कोमाकी आइचीमा भएको उक्त खेलमा जापानले नेपाललाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–११ अङ्कले पराजित गरेको हो ।
समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेल  बिहीबार इन्डोनेसियाविरुद्ध खेल्ने छ । नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एसियाली खेलकुद खेलिरहेको छ । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा महिला भलिबल टोलीले पहिलो पटक प्रतिस्पर्धा गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस