• २०८३ भाद्र ३० गते मङ्गलवार

सुनचाँदीको मूल्य घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ ३०, काठमाडौं ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु नौ सय  र चाँदी रु २० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०० कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार छ सय २० कायम भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस