• २०८३ भाद्र २९ गते सोमवार

महिला टी–२० एसिया कपको उपाधि भारतलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै २९, काठमाडौं । भारतले महिला टी–२० एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार दुबईमा भएको फाइनलमा भारतले श्रीलंकालाई ७२ रनले पराजित गर्दै आठौँ पटक एसिया कपको उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । भारतका लागि शफाली वर्माले ६८ तथा स्मृति मन्धानाले ५९ रन बनाइन् । यी दुईबीच १२९ रनको उत्कृष्ट साझेदारी भएको थियो । १८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको टोली भारतीय बलरसामु टिक्न सकेन । श्रीलंकाले २० ओभरमा १११ रनमै सबै विकेट गुमायो । भारतका लागि श्री चरणीले चार विकेट लिइन् भने दीप्ति शर्माले पनि प्रभावशाली बलिङ गरिन् ।

यससँगै भारतले महिला एसिया कपमा आफ्नो वर्चस्व कायम राख्दै रेकर्ड आठौँ उपाधि हात पारेको छ ।

May be an image of football, soccer and text

Sharing

प्रतिक्रिया दिनुहोस