• २०८३ भाद्र २७ गते शनिवार

अन्नपूर्ण स्पाइकर्स किंग बन्यो एनभीएलको पहिलो च्याम्पियन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै २७, काठमाडौं । अन्नपूर्ण स्पाइकर्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न फाइनल खेलमा अन्नपूर्ण स्पाइकर्सले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि हात पारेको हो ।

फाइनलमा अन्नपूर्णले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो ।केडिया समूहद्वारा आयोजित लिगमा नेपाली पुरुष भलिबलका ६ टोली सहभागी थिए । नेपालमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज पुरुष भलिबल लिगको विजेता अन्नपूर्ण स्पाइकर्सले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

यो पुरस्कार नेपाली भलिबलको इतिहासमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।

Sharing

प्रतिक्रिया दिनुहोस