• २०८३ भाद्र २७ गते शनिवार

इलाममा अटो दुर्घटना, ६ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, इलाम । इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी कमरे भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। मङ्गलबारेबाट हाङ्मासुलीतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००३ ह ६९६७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेको हो। दुर्घटनालगत्तै अटोबाट पेट्रोल लिक भई आगलागीसमेत भएको थियो।

दुर्घटनामा अटो चालक फाकफोकथुम गाउँपालिका–६ पोखरी बजारका ३५ वर्षीय लोकबहादुर श्रेष्ठ, इलाम नगरपालिका–७ तिल्केनीकी २७ वर्षीया कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी खुसिका श्रेष्ठ गम्भीर घाइते भएका छन्।

फाकफोकथुम–६ हाङ्मासुली माइती भएकी कविता घर फर्कने क्रममा दुर्घटनामा परेकी हुन्।

त्यस्तै, देउमाई नगरपालिका–४ मङ्गलबारेकी २२ वर्षीया दुर्गादेवी श्रेष्ठ र झापाको कनकाई नगरपालिका–माईधारकी ४० वर्षीया रमा कुमारी श्रेष्ठ सामान्य घाइते भएका छन्। फाकफोकथुम–६ हाङ्मासुलीकी २७ वर्षीया मन्दिरा थापा मध्यम घाइते भएकी छन्।

घाइते सबैलाई उपचारका लागि झापास्थित बी एन्ड सी अस्पताल पठाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस