• २०८३ भाद्र २८ गते आइतवार

फाइनलमा युएईविरुद्ध नेपालले टस जितेर ब्याटिंग गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई आमने सामने हुदैछन् । फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै युएईले पहिला बलिङ गर्ने भएको छ ।

आजको खेलमा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, इशान पाण्डे, गुलशन झा, ललित राजबंशी र करण केसी खेलिरहेका छन् ।

नेपालले सेमिफाइनलमा ओमानलाई पराजित गरेको थियो भने युएईले हङकङ चाइनालाई पराजित गरेको थियो ।

नेपाल र युएईवीच अहिलेसम्म १५ एकदिवसीय खेल भएका छन् । जसमा नेपाल ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस