• २०८३ भाद्र २६ गते शुक्रवार

इभीमा आगलागी, चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो । दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस