• २०८३ जेष्ठ २ गते शनिवार

काँग्रेस केन्द्रीय समितिमा आज २० जनाले राखे धारणा, अर्को बैठक आइतबार बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक केहि दिन अझै चल्ने भएको छ । शुक्रबार सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र प्रवक्ता डा. प्रकाशशरण महतलगायत २० जनाले आफ्नो धारणा राखेका छन् ।

धारणा राख्ने केन्द्रीय सदस्यहरु महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् ।

आजको बैठकमा उपाध्याय र महत्तसहित गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, सरिता प्रसाई, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, मधु आचार्य, दिनेशकुमार यादव, उमेशजंग रायमाझी, राजीव ढुंगाना, अर्जुनजंगबहादुर सिंह, प्रतिमा गौतम, सुशिला मिश्र भट्ट, नानु बास्तोला, गंगालक्ष्मी अवाल, गणेश लामा, डा. जीवन राना र सीता थपलिया (उर्मिला) ले आ–आफ्नो धारणा व्यक्त गरेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ गतेदेखि जारी रहेको छ । अब अर्कोबैठक आइतबार बिहान साढे ११ बजे बस्ने मुख्य सचिव पौडेलले बताए ।

May be a doodle of tree and text

Sharing

प्रतिक्रिया दिनुहोस