• २०८३ भाद्र २५ गते बिहिवार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ २५, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्ग आज भएको पहिलो सेमिफाइलन खेलमा नेपालले ओमानलार्ई फाइनल पुग्न १४८ रनको लक्ष्य दिएको छ ।  मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनायो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । उनले ७६ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाएका हुन ।
त्यस्तै बसिर अहमदले ४७ रन बनाउदा देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।  बलिङतर्फ ओमानका जय ओडेडरा र हस्नैन शाहले समान ३/३ विकेट लिए । त्यस्तै मुहम्मद इमरानले २ विकेट लिदा शकील अहमद र मुजिबुर अलीले समान १/१ विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङ्मा उत्रेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस