• २०८३ भाद्र २४ गते बुधवार

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २४, काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (बुधबार) बिहान ६ः३० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ । बिपी राजमार्गको खुर्कोट—नेपालथोक—कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ ।रसुवाको उत्तरगया गाउँपालिका—५ खाल्टेमा बाढीका कारण त्रिशुली—मैलुङ्ग—स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

मुख्य राजमार्ग सबै अर्के सूचना जारी नभएसम्मको लागि पुर्न रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । शिवपुरी गाउपालिका ८ टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो ।

पृथ्वीलोकमार्ग बोनीघाट रोराङ गाउपालीका वडा नं १० ज्वाङखोला एकतर्फी सुचारु भएको छ । यसैगरी, पृथ्वीलोकमार्ग गजुरी गाउपालीका २ चालिसे सडख खण्ड एकतर्फी सुचारु भएको छ ।

May be an image of text

May be a graphic of text that says 'पहिरो चितवन सडक मर्मत २०८३/०५/२४ ०२:२० २०८३/०५/१६ १८.૦૦ धार्दिड थाक्रे गा.पा.२ कमेरेभिर 9. रोल्पा पृथवीलोकमार्ग पहिरो बेनीघाट रोराड गा.पा. वडा नं. ၇၀ ज्याडखोला लुम्बिनी प्रदेश परिवर्तन गा.पा.३ भालखोर पूर्ण रुपमा अबरोध मिति २०८३/०५/१७ गते १५३० पृथ्वीलोकमार्ग ។. एकतर्फी सुचारु मुगु पहिरो २. सहिद राजमार्ग कर्णाली प्रदेश सुर्खेत पहिरो पूर्ण रुपमा अबरोध ३ે. छॉयानाथ रारा न.पा. वडा नं. ०४ ताल्चा २०८३/०५/१६ 96:94 २०८३/०५/२१ १७;०० २०८३/०५/२३ २१.०० दैलेख पहिरो बराहताल गा.पा मुगु गमगढी औलिसे रुपमा अवराष दुल्लु न.पा. वडानं कर्णाली राजमार्ग ។ भम्लुको खोला एकतर्फी सुचारु कर्णाली राजमार्ग पूर्ण रुपमा अवरोध नेपाल प्रहरी सत्य सेवा सुरक्षणम'

Sharing

प्रतिक्रिया दिनुहोस