भदौ १९, काठमाडौं । साउथ अस्ट्रेलियाले नेपाल ए लाई २६० रनको लक्ष्य दिएको छ । एकदिवसीय सिरिजको दोस्रो खेल खेलिरहेको नेपाल ए ले २६० रनको लक्ष्य पाएको हो । टस जितेर पहिला ब्याटिंग गरेको साउथ अस्टेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २५९ रन बनाएको हो । साउथ अस्ट्रेलियाका लागि डोउत्जे हुगेनबोइजेमले १११ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै लालचन बांग्सले ४२ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर राशिद खानले २ विकेट लिए भने रिजन ढकाल, नारायण जोशी, पवन सराफ र लोकेश बमले एक एक विकेट लिएका थिए ।
