- पुजा लम्साल
माघ १, नवलपरासी । तिलकना युवा क्लव सुनवल ६ पश्चिम नवलपरासीको आयोजनामा गत पुष २५ गते देखि सुरु भएको प्रथम स्वं गोम बहादुर थापा स्मृति कप २०७६ खुल्ला नकआउट फुटवल प्रतियोगिता जारी छ । आज देबिनगर युवा क्लव बुटवल ११ र लर्डबुद्ध युवा क्लव सुनवल ५ बनकट्टि बिच भएको खेलमा देबिनगर युवा क्लव बिजय भएको छ ।

लर्डबुद्धलाई ३:१ को गोल अन्तरले पराजित गर्दै देबिनगर बिजय भएको आयोजकले जनाएको छ । यसैगरि बिहिबार सुनवल १० गैडाखाल र डि. युनिटि खैरेनि बिच प्रतिष्पर्धा हुने छ । २४ टिमको सहभागिता रहेको यस फुटवल प्रतियोगिता माघ १९ गते सम्म संचालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३५ हजार र दोस्रो हुनेले नगद र २० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।