भदौ १५, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने कोशीमा २४ जना, काठमाडौँ उपत्यकामा २ जना, सुदूरपश्चिममा ११ जना, बागमतीमा १२ जना घाइते भएका छन् भने लुम्बिनीमा १७ जना र गण्डकीमा ३३ जना घाइते भएका छन् ।
