• २०८३ बैशाख २९ गते मङ्गलवार

नेप्सेमा ३९.४४ अंकको गिरावट, ४ अर्ब ६६ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, काठमाडौं । नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका एक करोड ६ लाख ७८ हजार ५५० कित्ता शेयर ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६६७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने फर्स्ट माइक्रो फाइनान्सको शेयर १२.४० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको १८ करोड ९९ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १८ करोड ९ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस