• २०८३ भाद्र १५ गते सोमवार

बहराइन ८७ रनमा अल आउट, सन्दीपले लिए ५ विकेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, काठमाडौं ।  मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत बहराइनले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ३६.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको हो ।

बहराइनका लागि फियाज अहमदले १५ रन बनाए भने मुहमद वासिमले १३ र अलि दाउदले १० रन बनाएका थिए । त्यसैगरी नेपालका बलर सन्दीप लामिछानेले ५ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए । त्यस्तै करण केसीले २ दुई विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस