• २०८३ भाद्र १४ गते आइतवार

जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजले उद्धार कोषमा ३ करोड सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौं ।   जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी बाढीपछि आएको विनाशबाट प्रभावितको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारको प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको उद्योगले जनाएको छ ।


प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई सहयोग गर्दै आएको उद्योगले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ । उद्योगले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना तथा प्रभावित सबै व्यक्ति र समुदायप्रति सहानुभूति व्यक्त गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस