साउन २०, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल दक्षिणकाली नगर कमिटीको तेस्रो अधिवेशन सम्पन्न भएको छ । संघका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा दक्षिणकाली अभिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट अध्यक्षमा सञ्जिब महर्जन, उपाध्यक्षमा अजय श्रेष्ठ, सचिवमा दशरथ लामा, सह सचिवमा रोशन अधिकारी र बालकृष्ण महर्जन एवम् कोषाध्यक्षमा पुनु तामाङ चयन भएका छन । कमिटी २१ सदस्यिय चयन गरिएको छ ।

कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष प्रकाश गौतम, पार्टी केन्द्रीय सदस्य तथा पालिका इन्चार्ज सुरेन्द्र मानन्धर, नेकपा एमालेका जिल्ला सदस्यहरु श्रीराम आचार्य, हिमेश केसी, संघका केन्द्रीय कमिटी सदस्यहरु प्रगती थापा, राजु तिवारी, पार्टीका नगर अध्यक्ष राम लो तथा पदाधिकारीहरु,संघका जिल्ला कमिटीका अध्यक्ष सन्तोष अर्याल, उपाध्यक्ष कर्ण लामा, सचिव सुरेन्द्र विष्ट तथा जिल्ला सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

अधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुलाइ संघका केन्द्रिय उपाध्यक्ष प्रकाश गौतमले सपथ ग्रहण गराउनु भएको थियो ।
