भदौ ११, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १३ सयले घटेर तोलाको ३ लाख २० हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९६५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९७५ मा कारोबार भएको थियो ।