• २०८३ बैशाख ४ गते शुक्रवार

विचौलियाको खेल बन्दको माग गर्दै राष्ट्रिय युवा संघले घेर्‍यो यातायात कार्यालय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, काठमाडौं । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले विचौलियाको खेल बन्दसहितको माग राखेर यातायात व्यवस्था कार्यालय एकान्तकुनामा धर्ना दिएको छ । सवारी चालक अनुमतिपत्र वितरणमा लापरबाही, ढिलासुस्ती र विचौलियाको खेल बन्द गर्नुपर्ने माग गर्दै राष्ट्रिय युवा संघले सोमबार कार्यालय घेराउ गरेको हो ।

कार्यालयमा रहेका विचौलियाले सेवाग्राहीलाई दुःख दिएको, लाइसेन्स वितरणमा ढिलासुस्ती जस्ता लापरबाहीको अन्त्यको माग राखेर संघले कार्यालयमा धर्नासहित ध्यानाकर्षण गरेको हो । साथै कार्यालय प्रमुखलाई मागसहितको ज्ञापनपत्र पनि संघले बुझाएको छ ।

Avatar

Avatar

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस