• २०८३ भाद्र १० गते बुधवार

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नउत्तरको कायर्क्रम नहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौं । प्रतिनिधि सभाको आजको वैठककमा प्रधानमन्त्री बालेन्द्र शाहको प्रश्नउत्तरको कायर्क्रम नहुने भएको छ । भोटेकोशीमा आएको बाढीका कारण आजको प्रतिनिधि सभाको बैठक छोटो गरिने भएको हो ।

आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले बोल्ने र गृहमन्त्री सुदन गुरुङले बाढी बारे संसदमा जानकारी दिने कार्यसूची तय भएको छ ।

त्यस्तै यसअघि तय भएका प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने सहितका कार्यसूची आजको बैठकबाट हटाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस