भदौ १०, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङको विशेष उपस्थितिमा मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक सुरु भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशी नदीमा अत्यधिक ठूलो बाढी आएको हो ।

बाढीका कारण नदीको जलसतह बढ्नुका साथै तल्लो तटीय क्षेत्र डुबानमा परेको जनाइएको छ । अचानक आएको बाढीका कारण नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ। बाढीबाट भएको क्षतिको विवरण भने अझै यकिन भइसकेको छैन ।
प्रशासनले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
बाढीको अवस्था र उद्धार तथा राहतका विषयमा आवश्यक निर्णय लिन मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक बसिरहेको छ ।